सितारामको सातौं एल्बम ‘अल्कोहलिक लभ’ मुसहर बस्तिमा विमोचन


१७ आश्विन २०७६, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौं । गायक सिताराम पोखरेलले आफ्नो सातौं एल्बम ‘अल्कोहलिक लभ’ मुसहर बस्तिमा विमोचन गरेका छन् ।

उनले शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर उक्त एल्बम बिराटनगरको जरैयामा रहेको मुसहरबस्तीमा सार्वजनिक गरेका हुन् । मुसहरबस्तिका सबैभन्दा वृद्ध बलदेवरिभव देव, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियनका मिन कुमार, दरैया वडा अध्यक्ष मनोज सुब्बा लगायतले एल्बम सामुहिक विमोचन गरेका थिए । कार्यक्रममा गायक सितारामले बस्तिका बालबालिकाको लागि स्टेशनरी र मिठाइ वितरण गर्नुका साथै त्यहाँ बन्ने भवनका लागि आफूले वाइरिङको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

चौध वर्षदेखि पोखरेल आफ्नो जन्मदिन विभिन्न संघ, सस्था वा पीडितलाई सहयोग गर्दै मनाउँदै आएका छन् । ‘हरेक वर्ष थप एउटा बसन्त पार गर्नुको खुशी जीवनकै लागि संघर्षरतहरुसँग मनाउनुले सन्तुष्टि दिन्छ,’ उनले भने, ‘ सधैं नसके पनि वर्षको एक दिन आफ्नो जन्मदिनमा अरुको सेवा गर्दा मिल्ने खुसी अन्यबाट पाइदैन ।’ ‘आँखाको नानी हौ तिमी’ बोलको गीतबाट चर्चामा आएका सिताराम २०४४ सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here