नेपालसँग भएको मौजदात भारु साटिदिन अर्थमन्त्री खतिवडाको भारतसँग आग्रह


१७ आश्विन २०७६, शुक्रबार १४:२५ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र भारतका वित्तमन्त्री निर्मला सितारमण बीच भेटवार्ता भएको छ ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन पुगेका अर्थमन्त्री खतिवडाले वित्तमन्त्री सितारमणसँग भारतको वित्तमन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरे । डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी पनि गराए । उनले भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here