धुम्बाराहीबाट १५ किलो नक्कली चाँदीसहित सुन व्यवसायी पक्राउ


१७ आश्विन २०७६, शुक्रबार ०१:१५ मा प्रकाशित

काठमाडौं । प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको हो ।

उनका अनुसार सापकोटाले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन् । पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको लम्सालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here