झापा । झापा नेत्रहिन संघको १३ औ वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
संघले बिर्तामोड–३ स्थित आफ्नै सभाहलमा बिहिबार कार्यक्रम सम्पन्न गरेको हो । संघका अध्यक्ष द्रोणाचार्य निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नम्बर १ अध्यक्ष पार्वता श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सचिव चन्द« प्रसाद भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थायित्वका लागि ४ लाख बराबरको अक्षयकोष स्थापना गरिएको र कोष वृद्धि गर्नेकार्यमा निरन्तरता दिइएको बताए । स्थापना काल देखीनै झापाली दृष्टिविहिनहरुको हक, हित र अधिकारको संरक्षण गर्दै आएको संस्थाले आयआर्जन गर्ने उदेश्यले सुरु गरिएको धुप बनाउने उद्योगलाइ अझ व्यवस्थित बनाइने प्रगति प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अपाङ्गता भएका व्यक्तीहरुले विभिन्न तालिम लिएर सामान निर्माण गरेपनि उपयुक्त बजारीकरणको अभावमा व्यक्तीगत जिवनस्तर सुधार हुन नसकेको बताए । सो अवसरमा साधारण सभासम्पन्न गर्ने प्रयोजनका लागि बिर्ता लेडि जेसिस अध्यक्ष सरु भुर्तेलले संघ का अध्यक्ष द्रोणाचार्य निरौलालाई हस्तान्तरण गरेकी थिइन् । साथै लायन्स क्लब अफ बिर्तामोडबाट प्राप्त ७० थान झुल सदस्यहरुलाइ वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल नेत्रहिन संघ केन्द्रीय सदस्य सिता सुवेदी , संस्थाका सल्लाहकार सदस्य ख्याम रेग्मी, समुदायिक वन समिति झापाका अध्यक्ष बेद प्रकाश भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।





