काठमाडौं । उत्तर कोरियाले पनडुब्बी ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
हिजो नै स्थल क्षेत्रबाट मार हान्ने मिसाइल परीक्षण गरेको उत्तरले त्यसपछि पनडुब्बी मिसाइल परीक्षण गरेको हो । बुधबार गरिएको परीक्षण उत्तर कोरियाले पूर्वी समुद्रको आइल्याण्ड क्षेत्रमा गरिएको एक वर्षभित्रको ११ औं परीक्षण हो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले एक तस्विर सार्वजनिक गरी पनडुब्बीबाट मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरका नेता नेता किम जोङ उनले पनडुब्बीमार्फत् पुगुक्सोङ–३ नामक मिसाइल परीक्षणमा सफल भएकोमा वैज्ञानिकहरुको टीमलाई धन्यवाद दिएको समाचार एजेन्सी केसीएनएले उल्लेख गरेको छ ।
समाचार एजेन्सीले आत्मरक्षा र छिमेकीहरुको सहयोगका लागि यो मिसाइल उपुक्त हुने दाबीसमेत गरेको छ । अमेरिकासँग वार्ताको वातावरण बिग्रिएपछि उत्तर कोरियाले लगातार मिसाइलहरु परीक्षण गरिरहेको छ । अमेरिका र जापानले मिसाइल परीक्षणको निन्दा गरेका छन् । एजेन्सी





