झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागी बन्द


१६ आश्विन २०७६, बिहीबार १०:३७ मा प्रकाशित

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागी बन्द हुने भएको छ ।

भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख(असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशिलता कारण जनाउदै सीमानाका बन्द हुन लागेको हो । बिहीवारबाट बिहान सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजे सम्म तीन दिन अन्तराष्ट्रिय सिमा (पुल) बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । यसका साथै अक्टोवर १६ तारेख(असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाईएको छ ।

चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछी भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here