त्रिदेशीय टि-२० श्रृङखला शुरु, आज साँझ नेपाल र जिम्बाबेबीच खेल हुने


१० आश्विन २०७६, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाडौँ । सिंगापुरमा हुने नेपालसहित तीन देश सम्मेलित टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ ।

साँझ सवा पाँच बजे हुने पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा यसअघि नियमित खेल्दै आएका ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषावकर छैनन् । अहिले युवा र कम अनुभवी खेलाडीको बाहुल्य रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरको इन्डियन एसोसियसन मैदानमा खेल्ने छ । शृंखलाका लागि नेपाली टोलीले बिहीबार तयारीलाई अन्तिम रुप दिइसकेको छ । नेपालले शनिबार घरेलु टोली सिंगापुरसँग खेल्नेछ ।

दुई दिनको अन्तरमा मंगलबार पुनः जिम्बाब्वेसँग र बुधबार सिंगापुरसँग खेल्नेछ । त्यसपछि नेपाली टोली पाँच देश सम्मिलित प्रतियोगिता खेल्न ओमान प्रस्थान गर्नेछ । नेपालले त्यहाँ घरेलु टोली ओमानसँगै हङकङ, नेदरल्याण्ड्स र आयरल्यान्डसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here