रत्नसागर पोखरीमा एक युवकको शव फेला


९ आश्विन २०७६, बिहीबार १८:१६ मा प्रकाशित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रत्नसागर पोखरीमा आज एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ओखलढुङ्गाको सुनकोशी गाउँपालिका १ का अन्दाजी २५ वर्षीय राजकुमार राउत पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । पोखरीमा लाश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर शव पोखरीबाट निकाल्दा उनको साथमा रहेको कागजातबाट पहिचान खुलेको छ । अहिले शव पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पतालमा लगिएको छ । पोखरीमा उनलाई हत्या गरेर फालेको स्थानीयको अनुमान छ ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले घटनाबारे अनुसन्धान भइरहेको बताए । शव पोष्टमार्टमका लागि अस्पताल लगिएको र रिपोर्ट आएपछि मात्र हत्या भएको हो कि के भन्ने विषय खुल्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here