उदयपुरमा अरिङगालले टोकेर एकको मृत्यु


९ आश्विन २०७६, बिहीबार १७:४३ मा प्रकाशित

उदयपुर । उदयपुरमा अरिङगालले टोकेर एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका ९ लिम्पाटारका ३२ वर्षीय दल बहादुर परियार रहेका छन् । बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here