भारत । १२ वर्षीया बालिका विगत २ वर्षदेखि आफ्ना बुवा लगायत ३० जनाबाट बलात्कृत हुँदै आएको घटना सार्वजनिक भएको छ ।
कक्षा ७ मा पढ्ने ती बालिकालाई आफ्नै बुवाले विगत २ वर्षयता घरमै बलात्कार गर्ने र गराउने गरेका थिए । भारतको केरालामा पर्ने मलाप्पुरमा यो घटना सार्वजनि भएको हो । स्थानीयले अभिभावक शिक्षक संघलाई खबर गरेपछि स्कुलबाट समेत बालिकाले कक्षा छोड्दै आएको थाहा भएको थियो । बालिकालाई बालअधिकारीहरु समक्ष पेश गरेपछि बालिकाले यौन उत्पीडनको भयानक विवरणहरू बताएको जनाइएको छ ।
तिरुरंगडी प्रहरीले ती बालिकाका बुवालाई र अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ । भाडाको घरमा बस्दै आएका परिवारको एकमात्र बच्चाको रुपमा ती बालिका रहेकी थिइन् । उनीहरुको घरमा धेरै मान्छेहरु आवतजावत गरिरहने एवं बिदाका दिनमा झन मान्छे हुने गरेको स्थानीयले प्रहरीलाई बताएका छन् ।