‘म अघि बढछु’ कार्यक्रमलाई सफल बनाउन झापामा अभियान तिव्र


७ आश्विन २०७६, मंगलवार १६:२४ मा प्रकाशित

झापा । एक नम्बर प्रदेश सरकारले ‘म अघि बढछु’ कार्यक्रमलाई सफल बनाउन झापा जिल्लामा यस अभियानलाई तिव्रता दिएको छ ।

एक नम्बर प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्वको १४ वटै जिल्लामा सञ्चालनमा ल्याएको ‘म अघि बढछु’ कार्यक्रमलाई सफल बनाउन जुटेसँगै जिल्लामा यस अभियानलाई तिव्रता दिएको हो । यसैक्रममा ‘म अघि बढछु’ झापा जिल्ला स्तरीय अनुगमन समितिको आयोजनामा आज भद्रपुरमा सामुदायिक तथा नीजि विद्यालयका शिक्षक नायकहरुलाई एक दिने प्रशिक्षण दिइएको छ ।

‘म अघि बढछु’ अभियानमा सामाजिक तथा सास्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृत, नैतिक, सभ्य, लागु औषध र्दुव्यसन मुक्त, सजृनशील, समाजिक उत्तरदायी तथा समतामूलक समााज निर्माण गर्न सहयोग पुर्याउनेमा विद्यालयको शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने हुँदा उनीहरुलाई प्रशिक्षण दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा ५५ जना शिक्षक नायकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली र जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक होम अधिकारीले सहजिकरण गरेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय अनुगमन समितिका संयोजक उदय राणा मगरको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जिवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको कार्यक्रमको सञ्चालन डम्बर अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here