नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर


७ आश्विन २०७६, मंगलवार १५:५९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।

काठमाडौंमा दुई दिनदेखि जारी सी चिनफिङ विचारधारासम्बन्धी छलफलको दोस्रो दिन दुई पार्टीका नेताहरुबीच भाइचार सम्बन्ध स्थापित गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । विचार आदान प्रदान तथा छलफल कार्यक्रमको दोस्रो दिन दुई पार्टीका नेताहरुले सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी पत्र लेनदेन गरेका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा उक्त समझदारी भएको हो । समझदारीमा पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीपछि दुईपक्षीय भ्रमण, प्रशिक्षण, अध्ययन, अनुसन्धानलगायत कामलाई पार्टी च्यानलबाट व्यवस्थित गरिने भएको छ। दुई दिने संयुक्त विचार गोष्ठी आज सकिँदैछ । दुई देशका पार्टीबीच जारी संयुक्त गोष्ठी पनि आजै सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here