इण्डोनेसियामा हिंसा भड्किँदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते


७ आश्विन २०७६, मंगलवार १२:०१ मा प्रकाशित

इण्डोनेसिया । इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण कम्तीमा २० जनाको ज्यान गएको यहाँका अधिकारीहरूले बताएका छन् ।

घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो । ‘मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ’ पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए ।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिए पनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्न सक्ने सैन्य प्रवक्ता दरियन्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here