विप्लवका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ


७ आश्विन २०७६, मंगलवार ११:५५ मा प्रकाशित

काठमाडौं । सरकाद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्व राज्यमन्त्री समेत रहेका विश्वकर्मा नक्खु बम विस्फोटमा पनि सम्लग्न रहेको जनाइएको छ ।

विश्वकर्मा देव गुरुङ स्थानीय विकासमन्त्री हुँदा राज्यमन्त्री रहिसकेका व्यक्ति हुन् । यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि विश्वकर्मालाई इन्चार्ज बनाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here