इलाम माई नगरपालिकाका मेयरको घर अगाडी राखिएको शंकास्पद वस्तु निस्कृय


६ आश्विन २०७६, सोमबार १९:०८ मा प्रकाशित

इलाम । इलाम माई नगरपालिकाका मेयरको घर अगाडी फेला परेको शंकांपद वस्तु नेपाली शेनाले निस्कृय पारेको छ ।

आज दिउँसो फेला परेको शंकास्पद वस्तु झापा स्थित चारआलीमा रहेको नेपाली शेनाको बम निस्कृय टोलीले निस्कृय पारेको हो । माई नगरपालिका २ मा रहेको मेयर दिपक थेवे निवासको कम्पाउण्डमा सो शंकास्पद वस्तु फेला परेको हो । सो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शंकास्पद वस्तु नेपाली शेनाको झापा चारआलीमा रहेको बम निस्कृय टोलीले निस्कृय पारि सकिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए ।

मेयर थेवेको घरको कम्पाउण्ड नजिकै खाना पकाउने प्रेसरकुकर फेला परेको थियो । शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो शंकास्पद वस्तु बम हो या अन्य वस्तु हो भन्नेबारे नखुलीसकेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीको भनाई छ । सो शंकास्पद वस्तु फेला परेपछि आसपासका क्षेत्रमा त्रास बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here