जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
स्थानीय राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर मृत्यु भएको हो । बाख्रा चराउन गएकी दुवै बालिकाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । उनका अनुसार पोखरीमा डुबेपछि स्थानीयले थाहा पाएपछि उद्धारको प्रयास गरियो ।
तर डुबेपछि लामो समयसम्म देखा नपरेपछि उद्धार गर्न सकिएन । मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लगिएको छ ।





