साफ यू-१८ फुटबलः नेपाल भुटानसँग ३-० ले पराजित


५ आश्विन २०७६, आईतवार १७:१४ मा प्रकाशित

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा कमजोर मानिएको भुटानसँग नै दुई पटकको विजेता नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा भुटानले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको हो । यो हारसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना कमजोर भएको छ । अब नेपाल सेमिफाइनलमा पुग्नका लागि भुटानले माल्दिभ्सलाई कम्तीमा पनि ३–० गोलअन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै भुटानले शानदार जीत हात पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here