झापाका थारु चौधरी समुदायले भव्यरुपमा मनाए जितिया पर्व


५ आश्विन २०७६, आईतवार १६:५९ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका ७ का थारु चौधरी समुदायले आईतवार जितिया पर्व भव्यरुपमा मनाएका छन् ।

थारु समुदायका महिलाहरुले असोज कृष्ण पक्ष सप्तमी देखि नवमी सम्म जितिया पुजा अर्चना गर्दा परिवारको सुख शान्ति र दिर्घायु प्राप्तहुने विश्वास गरिन्छ । झापामा अल्पसंख्यक रुपमा रहेका थारु समुदायहरुले केहिवर्ष यता यो पर्व सामुहिक र विषेश रुपमा मनाउँन थालेका छन् । शनिवार बिहान देखि निराहार व्रत बसेका थारु महिलाहरुले आज आईतबार दिउँसो पुजा सकेर मात्र प्रसाद ग्रहण गरेका थिए । यो पर्व मैथिली समाजका लागि कठोर पर्वको रुपमा चिनिन्छ ।

थारु एकता महिला समाज बिर्तामोड नगरपालिका ७ वाह्घरेले आईतबार गरेको सामुहिक जितिया पर्वमा स्थानीय ५० भन्दा धेरैको सकृय सहभागिता थियो । चुला र चौकामा सिमित रहने महिलाहरु आप्mनो जातिय पहिचान झल्कने पहिरनमा सजिएका थिए । आप्mनो भाषामा गित गाँउदै नाच्दै पोखरीमा पुजा गरेका थारु समुदायहरु उत्साहित देखिएका थिए । सहभागीहरुले नेपालका सबै जाती र भाषाभाषीले आप्mनो पहिचान स्थापित गरिरहन पंरपरागत रुपमा मनाउँदै आएको चाँडपर्वहरु विषेश रुपमा मनाउनु पर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here