शालिकराम आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आजबाट साक्षी बकपत्र सुरु


५ आश्विन २०७६, आईतवार १३:१३ मा प्रकाशित

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ ।

अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुनेछ । रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो । उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ । दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो ।

आत्महत्या दुरुत्साहनको आरोप लागेपछि तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो । शालिकराम साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको मोबाइलमा भेटिएको भिडियोमा तीन जनामाथि आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here