विश्व पर्यटन वर्षका अवसरमा झापाको मेचीनगरमा मिनि म्याराथन


३ आश्विन २०७६, शुक्रबार १५:२१ मा प्रकाशित

मेचीनगर । २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा शुक्रबार झापाको मेचीनगरमा महिला तथा पुरुष खुला मिनि म्याराथन हुने भएको छ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उदेश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग वाणिज्य संघ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्तरुपमा प्रतियोगिता गर्न लागेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १ का संस्थापक महासचिव उदयकुमार श्रेष्ठले बताए । उनका अनुसार मिनि म्यारथनका लागि मेची उद्योग वाणिज्य संघको कार्यालय परिसर धुलावारीदेखि हनुमान मन्दिर परिसर काँकरभिट्टासम्मको दुरी तय गरिएको छ ।

प्रतियोगिताका विजयी महिला तथा पुरुष धावकले क्रमस ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नै छन् । प्रतियोगिता दुवैतर्फका सय भन्दा बढी धावक सहभागी हुने अनुमान आयोजकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here