संविधान दिवसको अवसरमा पहिलो पाईलाद्वारा आकस्मिक रक्त्तदाता समुह गठन


३ आश्विन २०७६, शुक्रबार १४:३८ मा प्रकाशित

झापा । संविधान दिवसको अवसर पारेर सामाजिक संस्था पहिलो पाईला बिर्तामोड शाखाले आकस्मिक रक्त्तदाता समुह गठन गरेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर–१३ चारआलिमा आयोजित रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष मदन ओलीले सो कुराको जानकारी गराएका हुन् । उक्त समुहले पूर्वमा मेचीनगर देखी बिर्तामोड सम्म रगतको अभावलाई न्युनिकरण गर्न सो समुह गठन गरीएको जनाईएको छ । संविधान दिवशको अवसरमा पहिलो पाईला नेपाल बिर्तामोड शाखाले चारआलि युथ क्लब र बक्सर बोइज संगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

पहिलो पाईला नेपाल बिर्तामोड शाखाका अध्यक्ष मदन ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका बोर्ड सदस्य टिका मग्रान्ती, मेचीनगर नगरपालिका १३ का अध्यक्ष कृष्ण सिग्देल, चारआली ट्राफिक प्रमुख राजकुमार बस्नेत, चारआली प्रहरी चौकी प्रमुख भक्त बहादुर बिष्ट लगायतले आफ्नो भनाई राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here