काठमाडौँ । सरकारले वरिष्ठ साहित्यकार स्व मदनमणि दीक्षित सहित ६ सय ३४ जनालाई विभूषण प्रदान गरेको छ ।
संविधान दिवसको अवसर पारेर विभिन्न मानपदवी, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको हो । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार ४ सय ५० जनालाई मानपदवी प्रदान गरिएको छ भने १५६ जनालाई अलंकार प्रदान गरिएको छ । यसैगरी विभिन्न पदक २८ जनालाई दिइएको छ ।
महाउज्वल राष्ट्रदीप मानपदवीबाट मरोणोपरान्त स्व मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलाई विभूषित गरिएको छ । सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिइएको छ । यो मानपदवी पाउनेमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चारजना विदेशी रहेका छन् ।