संविधान दिवसकै दिन नेकपा पूर्वसांसद् दाहालकाे निधन


३ आश्विन २०७६, शुक्रबार ११:१३ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व सांसद हरि बैरागी दाहालको शुक्रबार बिहान निधन भएको छ ।

महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको बिहान ७ बजे निधन भएको हो । हृदयघात भएर बेहोस भएपछि सांसद् दाहल एक हप्ता अघि अस्पतालमा भर्ना भएका थिए । दाहाल २०५१ सालको चुनावमा संखुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेको तर्फबाट निवाचित सांसद हुन् ।

दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आज बिहान १० बजेदेखि ११ बजेसम्म नेकपाको पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा राख्ने र आजै दिउँसो अन्त्यष्टी गर्ने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here