सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछः राजेन्द्र लिङदेन


१५ जेष्ठ २०८३, शुक्रबार ११:२९ मा प्रकाशित


काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नुभएको छ । 


पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । अध्यक्ष लिङदेनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले तत्काल सफाईका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

मानव अधिकार आयोगको सो प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आवद्ध संघ, संस्थाहरुको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरुले सफाईका लागि आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने अध्यक्ष लिङदेनको भनाई छ ।

उहाँले उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । त्यस अवसरमा अध्यक्ष लिङदेनले आफनो पार्टी मुलुकको एक मात्रै बैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभई सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here