सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहसम्म विस्तार गर्ने


२८ बैशाख २०८३, सोमबार १६:४७ मा प्रकाशित


काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने भएको छ । 


राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले जग्गा प्रशासन सेवा चरणवद्ध रुपमा स्थानीय तहमा विस्तार गर्ने योजना रहेको बताउनु भयो । राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अघि बढाइने समेत बताउनु भयो । 

राष्ट्रपति पौडेलले भुमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम हुनेगरी असुरक्षित स्थानमा बसोवास गर्ने भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोवासको व्यवस्था गरिने समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here