घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै


१७ फाल्गुन २०८२, आईतवार १२:१० मा प्रकाशित

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आईतवार (आज)देखि सकिँदैछ ।


निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताउनु भयो ।

आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उहाँले जानकारी दिनुभयो । आयोगले मतदाता शिक्षाको प्रभावकारीता अनुगमनका लागि ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू खटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here