काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ ।
शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गर्नुभयो ।
उहाँले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताउनु भयो । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०/४० को भागबण्डा अब सकिएको बताउनु भयो । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गर्नुभयो । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्ने बताउनु भयो ।
सभापति थापाले काँग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउनु भयो । बदलिएको काँग्रेसले नेपाल बदल्ने संकल्प गरेर आएको बताउनु भयो ।






