राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार कार्यकर्ताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताउनु भयो ।
उहाँले उनीहरुको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताउनु भयो ।
उहाँले मानिसलाई जंगल नजिक राख्न नहुने बताउनु भयो ।






