काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण


१० माघ २०८२, शुक्रबार १४:३९ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ ।


दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गर्नुभएको हो । सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको छ ।

पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक शुरु भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित हुनुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here