काठमाडौं । अन्नपूर्ण गाउँपालिका कास्कीका विश्वमित्र भित्रकोटीको श्रवण शक्ति छैन । स्नातक तहमा अध्ययनरत उनको रुची पर्यटनमा छ । उनी घुम्न रुचाउँछन् । आफू मात्रै होइन विदेशबाट आएका पर्यटकलाइ घुमाउने रहर पनि छ । केही वर्ष अघि उनले आफ्नै गाउँ घान्दु्रकमा अमेरिका र युरोपबाट आएका पर्यटकलाई गाईड गरे ।
तर आफू कान नसुन्ने भएकाले कान सुन्ने पर्यटकलाई गाईड गर्न सहज भएन । अर्कोतर्फ पर्यटक गाईडको अनुमतिपत्र पनि थिएन त्यसैले ‘कामलाई निरन्तरता दिन सकिन’ – उनी सम्झन्छन् । तर पर्यटक गाइड बन्ने रहर भने जीवितै थियो । अहिले उनले ३५ दिने पर्यटक गाईडको तालिम सकेर अनुमति पत्र प्राप्त गरेका छन् । उनको रहरलाई नेपाल पर्यटन बोर्ड, युएनडीपी, राष्ट्रिय बहिरा महासंघले सार्थक बनाइदिएको हो ।
नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालम मै पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो ।
तालिममा ५ हजार उचाईसम्म हिमाली भेगको ट्रेकिङ गाइडको बारेमा सम्पूर्ण जानकारी पाएपछि अब उनलाई ८ हजार मिटर उचाई सम्मकै गाइड लाइनबारे पनि बुझ्न मन लागेको छ ।
काठमाडौं टेकुकी रविता देउला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । उनी सांकेतिक भाषा सिकाउने काम पनि गर्छिन् । नयाँ नयाँ कुरा सिक्न र जान्न मन पराउने उनले गत महिना ट्रेकिङ गाइड सम्बन्धि तालिम लिने अवसर पाइन् । तालिममा उनले उच्च हिमाली क्षेत्रमा आइपर्नसक्ने स्वास्थ्य समस्या र .प्राथमिक उपचारको बारेमा पनि सिक्ने अवसर पाइन् ।
विशेष टिभि रिपोर्ट अपाङ्गमैत्री पर्यटनमा नेपालको फड्कोः बहिरा समुदायका २५ जना बने ट्रेकिङ गाईड
नेपालको पर्यटन क्षेत्रलाई समावेशी र अपाङ्गमैत्री बनाउने दिशामा एउटा नयाँ इतिहास रचिएको छ । विश्वभर करिव ५० करोड र नेपालमा ४ लाखको हाराहारीमा रहेका बहिरा समुदायका लागि अब हिमाल र पहाडका गोरेटोहरू थप सहज हुने भएका छन् ।
नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालमै पहिलो पटक २५ जना बहिरा युवायुवतीलाई व्यावसायिक ट्रेकिङ गाइडको तालिम र अनुमति पत्र प्रदान गरिएको छ । वर्षौंदेखि अनुमति पत्र र भाषाको अभावमा पर्यटन क्षेत्रमा ओझेलमा परेका यी युवाहरू अब विदेशी पर्यटकलाई नेपाल चिनाउने आधिकारिक सारथि बनेका छन् । आखिर कसरी सार्थक भयो त उनीहरूको यो सपना र यसले नेपाली पर्यटनमा कस्तो प्रभाव पार्ला ? विशेष रिपोर्ट ।
कास्की, अन्नपूर्ण गाउँपालिकाका विश्वमित्र भित्रकोटीको पर्यटनमा रुची छ, तर संसार सुन्न सक्दैनन् । स्नातक पढ्दै गरेका उनले केही वर्षअघि अनुमति पत्र बिना नै पर्यटकलाई गाईड गरे । तर, कानुनी अनुमति नहुँदा उनको सपना बीचमै रोकियो ।
नेपालमा सरकारी गणनाअनुसार १ लाख २ हजार बहिरा छन्, तर महासंघको दाबीमा यो संख्या ४ लाख माथि छ । विश्वभर ५० करोड बहिरा रहेको अनुमान छ । वर्षेनी २ सय ५० भन्दा बढी बहिरा पर्यटक नेपाल घुम्न आउँछन । तर विडम्बना ! अहिलेसम्म देशैभर जम्मा ३ जना मात्र बहिरा ट्रेकिङ गाइड कार्यरत छन् । यही खाडल पुर्न नेपाल पर्यटन बोर्ड, युएनडीपी र राष्ट्रिय बहिरा महासंघले पहिलोपटक २५ जना बहिरा युवायुवती लाई तालिम दिएर अनुमति पत्र प्रदान गरेको छ । काठमाडौंकी रविता देउलाका लागि यो तालिम जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालम मै पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो । परियोजनाका प्रवन्धक दवाडीले यो पहल केवल रोजगारी मात्र नभई नेपाललाई ‘अपाङ्गमैत्री पर्यटन गन्तव्य’ बनाउने रणनीतिक योजना भएको बताउनु भयो ।
सातै प्रदेशका २१ पुरुष र ४ महिलाले ३५ दिनसम्म पर्यटक गाईडको तालिम लिएका छन् । ५ हजार मिटर उचाईको पदयात्रा, सुरक्षा, र स्वास्थ्य समस्याबारे गहन प्रशिक्षण लिएका छन् ।
अब बहिरा पर्यटकले भाषाको अभावमा प्राकृतिक सौन्दर्यको अनुभवबाट बञ्चित हुनुपर्ने छैन । २५ जना यी नयाँ गाइडहरूले नेपाली पर्यटनमा समावेशिताको नयाँ इतिहास रचेका छन् । अब नेपाल ‘अपाङ्गमैत्री पर्यटन गन्तव्य’ तर्फ उन्मुख हुँदै गएको छ ।






