मलेसियाको विस्टर्न कम्पनीले शुन्य लागतमा ८०० नेपाली लैजाने


८ माघ २०८२, बुधबार १८:३४ मा प्रकाशित


काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शुन्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । 


बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच शुन्य लागतमा कामदार पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता छ ।

सम्झौताअनुसार दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार शून्य लागमा जान पाउने आकर्षण इन्टरनेसनलका अध्यष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष गरी ४०० जना तथा लालधनुषबाट समेत ३०० महिला र १०० जना पुरुष गरी ४०० जना मलेसिया जाँदैछन् । 

श्रमिक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया अगाडि बढिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here