एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौ – ५ मा मनोनयन दर्ता


७ माघ २०८२, मंगलवार १७:५२ मा प्रकाशित


काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । 


पोखरेलले मंगलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेद्वार बन्दै आउनुभएको छ । २०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका प्रदिप पौडेलसँग पराजित हुनुभएको थियो भने २०७४ मा भएको निर्वाचनमा भने जित हासिल गर्नुभएको थियो ।

यसपटक पनि काठमाडौ– ५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।

शिर्ष नेताहरुको प्रतिस्पर्धा हुने भएकोले काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here