अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी स्वरूप उहाँले राजीनामा दिनुभएको हो । खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नं. २ बाट निर्वाचन लड्ने सम्भावना रहेको चर्चा चलिरहेका बेला राजीनामा आएको हो ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिनुभएको थियो । सोही क्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिनइसक्नुभएको छ ।






