उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्नूस्, कारबाही हुन्छः रामप्रसाद भण्डारी


६ माघ २०८२, सोमबार १७:२३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिनुभएको छ ।


सञ्चारकर्मीहरुसँग सोमवार आयोगमा कुराकानी गर्दै उहाँले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिनुभएको हो । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराउनु भयो ।

आचारसंहीता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिनुभयो । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गर्नुभयो । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गर्नुभयो । निर्वाचन हुँदैन की भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले अब हुने निर्वाचन समयमै जसरी पनि हुनैपर्ने निर्वाचन भएकाले निर्वाचनको विकल्प भनेकै निर्वाचन भएको बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here