काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताउनु भयो ।
उहाँले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोप समेत लगाउनु भयो ।
नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।






