देश जोगाउन निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवाबीच नयाँ समझदारी गरौँः अध्यक्ष लिङदेन


१२ पुष २०८२, शनिबार १८:०२ मा प्रकाशित


बिर्तामोड ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरु सबैले नयाँ समझदारी गर्न आग्रह गर्नुभएको छ । 


झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गर्नुभयो । उहाँले देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेन–जी सहितको नयाँ समझदारी गर्नुपर्ने बताउनु भयो ।

अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठूलो द्वन्द्व निम्त्याउने बताउनु भयो । उहाँले अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताउनु भयो । 

अध्यक्ष लिङदेनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here