देउवा, ओली र दाहालसामु प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ


१२ पुष २०८२, शनिबार १७:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 


प्रमुख तीन दलका शिर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले. त्यसका लागि उचित वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलकाअनुसार काँग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा लागि तयार हुन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कार्की र प्रमुख दलका शिर्ष नेताहरुबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो । 

यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शिर्ष नेताहरु देउवा, ओली र दाहालसँग तोकिएकै मितिमा निर्वाचन गराउने विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here