आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे


२७ मंसिर २०८२, शुक्रबार १६:५४ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरुले चाहेको बताउनुभएको छ ।


११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरुलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरुले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताउनुभएको हो ।

उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैँले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपार्टी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क समेत गर्नुभयो । उहाँले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गर्नुभयो । 

उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here