थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरु घर छोडेर भागे


२६ मंसिर २०८२, बिहीबार १०:१९ मा प्रकाशित

काठमाडौं । थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरू घर छोडेर भागेका छन् । थाइल्याण्डसँगको सीमा द्वन्द्व तेस्रो दिनमा प्रवेश गरेको छ ।

लगभग ५४ हजार ५ सय ५० कम्बोडियाली बासिन्दाहरू सुरक्षित आश्रयको लागि आफ्नो घर छोडेर भागेका कम्बोडियाली सूचना मन्त्री नेथ फेकत्राले बताउनु भयो । स्थानीय समयअनुसार मंगलवार बिहान ११ बजेसम्म, कम्बोडियाली सेना र नागरिकहरूमाथि थाई सेनाको आक्रमणका कारण प्रेह विहार, ओड्डार मिन्चे, बान्टेय मिन्चे र पुरसात प्रान्तका बासिन्दाहरू आक्रमणबाट भागेर सुरक्षित क्षेत्रमा सरेका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here