बिर्तामोड । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन झापा शाखाअन्तर्गत बिर्तामोड नगर समितिले आयोजना गरेको प्याब्सन स्पोट्रस मिट आइतबार सम्पन्न भएको छ ।
गत कार्तिक २८ गतेदेखि सुरु भएको स्पोट्रस मिटमा बिर्तामोड नगरभित्रका ३० वटा निजी तथा आवासीय विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा ९ र १० तथा कक्षा ११ र १२ स्तरीय छात्र-छात्रा भलिबल, फुटबल, कराते, क्रिकेट र सटपुट गरी पाँच वटा इभेन्ट सञ्चालन गरिएको सह-कोषाध्यक्ष दिपक चौलागाईंले जानकारी दिए ।
बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा प्रमुख भण्डारी, झापा जिल्ला प्याब्सनका अध्यक्ष छत्र कार्की, बिर्तामोड नगरपालिका वडा नं.४ का अध्यक्ष राहुल शर्मा लगायतले आ-आफना धारणा राखेका थिए ।
समापन समारोहमा प्रमुख अतिथि तिलचन भण्डारी, प्याब्सन झापा अध्यक्ष छत्र कार्की, वडाध्यक्ष राहुल शर्मा तथा खेलकुद संयोजक अमृतकुमार तिम्सिना लगायतले विजेता तथा उपविजेता टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसान झापाका कार्यबाहक अध्यक्ष उत्तम खनाल, न्युटन्सका एकेडेमीका प्रधानाध्यापक तथा प्याब्सन जिल्ला सदस्य देवन्द्र हुमागाई, सन्तोष सुब्बा,निधि माविका प्रधानाध्यापक रन्जित कुमार शाह,आदर्श होटल अफ म्यानेज्मेन्टका प्रमुख संजोग खरेल , बेल्स मोडलका प्रधानाध्यापक तारा प्रसाई, कञ्चनजंगा माविका प्रधानाध्यापक केशवराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
बिर्तामोड नगर कमिटी कोषाध्यक्ष प्रमिला बजगाईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिपाङ्कर मैनालीले गरेका थिए ।






