बिर्तामोड । होटल व्यवसायी संघ झापाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा एक-महिने कुक तालिम कात्तिक २६ गतेदेखि सुरु भएको छ। होटल व्यवसाय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र युवालाई सीप सिकाएर स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम झापा प्रविधिक शिक्षालयमा सञ्चालन भइरहेको हो ।
नेपाल पर्यटन बोर्ड र UNDP को सहकार्यमा सुरु गरिएको तालिममा जिल्लाका २५ जना सहभागी रहेको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार तालिमपछि रोजगारीको समेत सुनिश्चितता गरिएको छ।
श्रेष्ठका अनुसार तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कारसमेत प्रदान गरिनेछ। उनले संघले कुक, बारिष्टा लगायतका विभिन्न सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको बताइन् ।
तालिममा प्रशिक्षक राजेश सुवेदी र सरस्वती वानियाले सहभागीहरूलाई कुकसम्बन्धी व्यावहारिक तथा प्राविधिक प्रशिक्षण दिइरहेका छन्।






