नेपाल प्रिमियर लिगको दोस्रो सिजन आजबाट शुरु हुँदैछ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट सल्ड आउट भएकाले टिकट नहुने कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो ।
प्रहरीले एनपीएल खेलमैदान वरपर भीडभाड नगर्न भनेको छ । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।






