नेपाली क्रिकेटको महाकुम्भ NPL को दोस्रो सिजन आजदेखि त्रिवि मैदानमा


२ मंसिर २०८२, सोमबार १०:११ मा प्रकाशित
????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????

काठमाडौं । नेपालले क्रिकेटमा जे देखियो, त्यो संयोग होइन, मिहिनेत, साहस र निरन्तरताले उठेको एउटा बलियो कथा हो । कठिन क्षणमा पनि भरोसा नटुट्ने खेलाडीहरू र प्रत्येक बलमा सास रोकेर हेर्ने समर्थकहरूले मिलेर यो बाटो बनाएका हुन् ।

अब यही यात्रालाई अझ ठूलो उचाइमा पुर्‍याउन दोस्रो सिजनको एनपीएल सुरु हुँदैछ । यो केवल प्रतियोगिता होइन, नेपाली क्रिकेट कहाँ पुगिसक्यो र कहाँ जानेछ भन्ने प्रमाण पनि हो ।

वर्ष, महिना, हप्ता, दिन हुँदै अब मात्र केहि घण्टा । पर्खाइ समाप्त हुँदै छ । उत्साहको कुनै उचाँइ छैन, खुसीको हद छैन । त्रिविको क्रिकेट मैदानमा क्रेजको कार्निभल, समर्थकको जोश अनि खेलाडीको मिहिनेत देखिँदै छ आज मंसिर १ गतेबाट २७ गतेसम्म । तयारी सकिएको छ । अब सुरु हुनेछ खेल ।

८ वटा टोली मैदानमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यी ८ टोलीसँग हुनेछन् नेपालीसहित विश्व भरका विदेशी खेलाडी । यो एनपीएल एक, इतिहास हुनेछ । गौरव हुनेछ । स्वर्ण अक्षरमा लेखिने क्षण हुनेछ । चाउचाउ र चना खाएर खेलाडीले बिना ढंगका संरचनाबाट उठाएको क्रिकेटले एउटा गतिलो रंगसाला पाएको छ । खेल्न सक्ने खेलाडीले पारिश्रमिक पाएका छन् । र मैदानमा दिउसो मात्र खेल हेरेका समर्थकले फ्लड लाइटमा पनि खेल हेर्न पाउने भएका छन् ।

टियू क्रिकेट मैदानमा फ्लडलाइट बाल्न ७५० केभीको दुई वटा जेनेरेटर सञ्चालन गरिँदै छ । विद्युत् प्राधिकरणको लाइन छुट्टै तानेर ट्रान्सफर्मरसमेत छुट्टै राख्नुपर्ने हुँदा अहिले नभ्याएर जेनेरेटरमार्फत लाइट बाल्न लागिएको हो ।

जेनेरेटरमा जडानमा रहेका प्राविधिकका अनुसार उक्त एक जेनेरेटरले प्रतिघण्टा १५० लिटर डिजेल खपत गर्नेछ । दुवै जेनेरेटर चलाउँदा प्रतिघण्टा ३०० लिटर डिजेल खपत हुनेछ । दुवै जेनेरेटर चलाउन प्रतिघण्टा ४३ हजार २ सय रूपैयाँ खर्चिनु पर्नेछ । खेल दिउँसो र राति दुबै समयमा हुनेछन् ।

एनपीएलको दोस्रो संस्करणमा ३५ करोडभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ । स्पोन्सर, फ्रेन्चाइज टिम, टिकटबाट कुल ३५ करोडभन्दा बढी उठ्ने अनुमान गरेको हो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार स्पोन्सरबाट १५ करोड ३० लाख, ८ वटा फ्रेन्चाइज टीमबाट ९ करोड आम्दानी हुनेछ ।

यस्तै, टिकटबाट ८ देखि १२ करोड उठ्ने खड्काले बताए । ओटीटीबाट ५ करोड ३० लाख कटाएर बाँकी रकमको ७१ प्रतिशत क्यानले पाउनेछ ।

प्रतियोगितामा हुने सट्टेबाजीलाई आईसीसीको एन्टी करप्सनको नियमअनुसार निगरानी गरिने सचिव खड्काले जानकारी दिएका छन् ।

दोस्रो संस्करणमा पनि विजेताको पुरस्कार राशि पहिलाको जति नै कायम गरिने सचिव पारस खड्काले जानकारी दिए । गत वर्ष एनपीएलको पहिलो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख र उपविजेतालाई ५१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो ।

यस्तै, तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएका थिए । खेलाडीलाई व्यक्तिगत रूपमा दिने पुरस्कार राशि भने पछि जानकारी गराइने क्यानले जनाएको छ ।

पहिलो खेलमा जनकपुर बोल्टस र काठमाडौं गुर्खाज

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते गत सिजनको विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन् । खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

यस पटक जनकपुर बोल्ट्सबाट श्रीलंकन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था, साउथ अफ्रिकाका वायने पार्नेल, इमरान ताहिर, अमेरिकका सन्जय कृष्णमुर्ती, नामिवियाका जान लफ्टी इटन, श्रीलंकाका लाहिरु समाराकुन विदेशी खेलाडीकारूपमा खेल्दै छन् । योसँगै मार्की खेलाडी विकेट किपर ब्याटर आशिफ शेख गत सिजनका क्याप्टेन अनिल शाह, ललित राजवंशी, शुभ कंसाकार, किशोर महतो, तुलबहादुर थापामगर र रुपेश सिंहलाई टोलीले रिटेन गरेको थियो । 

साउनको अक्सनबाट सचिन भट्ट, आदित्य महता, मयन यादव अनुबन्ध गर्दा विश लिस्टबाट बिकाश आग्रीलाई अनुबन्ध गरेको थियो । यो टोलीलाई यस वर्ष वेस्टइन्डिजका शिवनारायण भन्द्रपौलले प्रशिक्षण गर्दैछन् । गत सिजनमा जनकपुरले सुदूरपश्चिमलाई रोयल्सलाई हराएर उपाधि उचालेको थियो । त्यसबेला टोलीलाई नेपालको राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुवुदु दसनायके प्रशिक्षण गरेका थिए । 

काठमाडौं गत सिजन नेट रन रेटका कारण पाँचौ भएर सुपर फोरमा पुग्नबाट बञ्चित भएको थियो । काठमाडौं, चितवन राइनोज र कर्णाली याक्सले ७ मा ४ खेल जितेर समान ८–८ अंक जोडेका थिए । तर नेटरनरेट कम भएपछि काठमाडौं समूह चरणबाटै बाहिरएर पाँचौ स्थानमा सिमित भएको थियो ।

यस पटक काठमाडौंबाट इंल्यान्डका जोन सिम्पसोन, बेन चाल्र्सवर्थ, नामिवियाका जेरार्ड एरासमस, साउथ अफ्रिकाका रिकार्डो भास्कानेसेलोस, अमेरिकाका मिलिन्द कुमार, र भारतका सन्नी पटेलले विदेशी खेलाडीकारूपमा खेल्दै छन् ।

यसका साथै, मार्की तथा कप्तान करण केसीसहित गत सिजन खेलेका शाहाब आलम, भीम सार्की, राशिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको थियो । काठमाडौंले अक्सनबाट उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम अनुबन्ध गरेको थियो । काठमाडौंको मुख्य प्रशिक्षक मोन्टी देशाईं र उनको सहयोगिमा बसन्त शाही छन् ।

गत सिजन काठमाडौंमाथि जनपुरले सहज जित निकालेको थियो । यस पटक गत सिजनको विजेतासँग काठमाडौं बदला लिन्छ या जनपुरले आफ्नो दबदवा कायमै राख्छ त्यो भोलि नै पर्खिनुपर्ला ।

सुदूरपश्चिम रोएल्स

यस्तै गत सिजन उप विजेता बनेको सुदूरपश्चिम रोएल्सले अस्ट्रेलियाका क्रिस लिन, जोस ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन र भारतिय मुलका अमेरिकन खेलाडी हर्मित सिंहलाई विदेशी खेलाडीका रूपमा खेलाउने छ । 

सुदूरपश्चिममा मार्की तथा कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । टोलीमा गत सिजन खेलेका विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद रिटेन भएका थिए भने अर्जुन कुमाल, नरेश बुढायर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको थियो । सुदूरपश्चिमले यस सिजनका लागि अक्सनबाट हेमन्त धामी, टेकबहादुर रावत  दिपक बोहोरा, मिलन बोहोरा, दिपेन्द्र थापालाई खरिद गरेको छ । यो टिमलाई जगत टमटाले प्रशिक्षण गरिरहेका छन् ।

कर्णाली याक्स

कर्णाली याक्सबाट अस्ट्रेलियका बिलियम बोसिस्टो, नेदरल्यान्डका म्याक्स ओ’डाउड स्कटल्यान्डका मार्क वाट, अफगानिस्तानका नजिबुल्लाह जद्रानसहित भारतका प्रियांक पान्चल र जयकिसन कोल्सावालाले खेल्दै छन् । 

गत सिजन भारतीय खेलाडी शिखर धवनलाई अनुबन्ध गरेर चर्चा बटुलेको टोली हो कर्णाली याक्स । कर्णाली गत सिजन एलिमिनेटरसम्म पुगेको थियो । टोलीका मार्की तथा कप्तान सोमपाल कामी हुन् । टिममा गुल्शनकुमार झा, विपिन शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरी रहेका छन् । यी खेलाडीलाई कर्णालीले रिटेन गरेको हो । यस सिजनका लागि अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख, दिपक डुम्रेलाई खरिद गरेको थियो । यस सिजन पनि टोलीले प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । 

चितवन राइनोज 

चितवनका मार्की तथा कप्तान हुन पावर हिटर कुशल मल्ल । चितवनले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको थियो । जसमा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई टोलीमा यथावत् राखेको छ । यस सिजनको अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको छ । चितवनका मुख्य प्रशिक्षक कलाम अलि, मेन्टर मिनष सखालकर र टिम निदेर्शक, पर्फमेन्स एनालिस्टः राजन साह रहेका छन् ।

चितवन राइनोजबाट इंल्यान्डका दविड मालान, सैफ अली जैब, रवि बोपारा, पाकिस्तानका सोहेल तनविर र युगान्डाका अल्पेश रम्जानीले विदेशी खेलाडीको कोटाबाट खेल्दै छन् । 

विराटनगर किंस

विराटनगर किंग्समा साउथ अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसी, साउथ अफ्रिकाका मर्चेन्ट डे लाङ, न्युजिल्यान्डका मार्टिन गप्टिल, स्कटल्यान्डका जर्ज मुन्सी, अस्ट्रेलियााका साम हिजलेट, र अमेरिकाका शुभम रन्जानेले विदेशी खेलाडीकारूपमा खेल्दैछन् ।

विराटनगर किङ्सका मार्की तथा कप्तान खेलाडी स्टार स्पिनर सन्दीप लामिछाने हुन् । यो टिमलाई गत सिजन आयरल्यान्ड केभिन ओब्रायनले प्रशिक्षण गरेका थिए । यसमा मार्की सन्दीपदेखि नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, प्रतिष जिसीसहित बशीर अहमद, सुभास भण्डारी र नरेन भट्ट रिटेन भएका थिए । 

विराटनगर किङ्सले यस सिजनको अक्सनबाट स्पिनर सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शंकर राना र श्रवण किस्कुलाई खरिद गरेको थियो ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सको कुरा गर्नु पर्दा गत सिजन ७ औँ नम्बरमा परेको यो टोली यस यसपटक आफ्नो खेललाई लयमा ल्याउदै उपाधि जित्ने दाउमा छ । यस पटक पोखराबाट न्युजिल्यान्डका जिम्मी निशम, इंल्यान्डका एडम रोसिङ्गटोन, डान डौथवेइट र वेस्टइन्डिजका रेमन रेइफरले विदेशी खेलाडीकारूपमा खेल्नेछन् । 

लुम्बिनी लायन्स

अब कुरा गरौँ गत सिजन समूह चरणमा एक मात्र खेल जितेर अन्तिममा स्थान बनाएको लुम्बिनी लायन्सको । यो टिमलाई लिड गरेका छन् नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले । गत सिजन व्यक्तिगत उनको प्रदर्शन राम्रो भएपनि टोलीले सफलता प्राप्त गर्न सकेन । यस पटक टोलीले राम्रो खेल प्रश्तुत गर्ला आशा गरौँ । यो टिमबाट यसपटक अस्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुल्बादिन नइब, र इटलीका थोमस ड्राकाले खेल्दैछन् । 

यो टोलिमा गत सिजन शक्ति गौचन कन्शल्टेन्ट प्रशिक्षक रहेका थिए । यस वर्षका लागि लुम्बिनीले गत सिजन खेलेका मार्की रोहितसहित, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, अभिषेक गौतमलाई रिटेन गरेको थियो । लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्ट बाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको हो ।

एनपीएलमा प्रत्येक टिमले ६ जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न सक्छन् भने एक खेलमा ४ जना मात्र विदेशी खेलाडीलाई खेलाउन मिल्ने प्रावधान छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here