हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की


१९ कार्तिक २०८२, मंगलवार १५:३९ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताउनुभएको छ । 


मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गर्नुभयो । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उहाँको भनाई छ ।

केही नेताहरुको लागि पार्टीहरु भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भईसकेको उहाँले बताउनु भयो । उहाँले जेन–जी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाउनु भयो ।  

नेता कार्कीले आफूहरुले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गर्नुभयो । उहाँले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजबादी संगठन निर्माण गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here