नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा हुने


९ कार्तिक २०८२, शनिबार १६:५३ मा प्रकाशित


काठमाडौं । विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा गर्ने भएको छ ।


आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिष्पर्धा आइइइइ एक्सट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो । आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजार भन्दा बढी विद्यार्थीबीच प्रतिष्पर्धा हुनेछ ।

आइइइइ नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाले २४ घण्टासम्म निरन्तर सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्ने बताउनु भयो । उहाँकाअनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर आईटी सम्बन्धी समस्या निराकरण गर्नेछन् । यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउनले उहाँले बताउनु भयो ।

यस कार्यक्रमले युवा प्रविधि प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ । प्रतियोगिता सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वरमा आयोजना हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here