नेपाल बाल संगठन,जिल्ला तदर्थ समिति,झापाको साधारण-सभा सम्पन्न


९ कार्तिक २०८२, शनिबार १६:५७ मा प्रकाशित

बिर्तामोड । नेपाल बाल संगठन,जिल्ला तदर्थ समिति,झापाको साधारण-सभा आज मिति २०८२/७/७ गते शनिबार बिहान ११ बजेदेखि संस्थाको जिर्ण सभाहल बाल मन्दिरमा समिति सभापति जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।


सम्पन्न जिल्ला सभामा वडाध्यक्ष गौरब,मनोज सुब्बा ,भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल,निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत अधिवक्ता दिपेन्द्र भट्टराई,सदस्यद्वय टिकाराम पाण्डे र सदस्य युवराज न्यौपानेसमेतको विशेष आतिथ्यता रहेको छ ।

सभाको संचालन सचिव सरोज ढकालले र स्वागत मन्तब्य कोषाध्यक्ष तिर्थराज ढकालले गर्नुभएको छ भने सभामा शुभकामना मन्तब्य भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल,वडाध्यक्ष गौरब सुब्बा र प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलज्यूहरुले शुभकामना मन्तब्य राख्नुभएको छ।


साधारणसभामा संस्थागत प्रतिवेदन सचिव सरोज ढकालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तिर्थराज ढकालले प्रस्तुत गर्नुभएको छ। प्रस्तुत भएका प्रतिवेदनहरुमा र केही महत्त्वपूर्ण सुझावहरु सदस्य प्रेम न्यौपाने , सदस्य दिपक अधिकारी र सदस्य बिक्रम वाग्ले समिरले राख्नुभएको छ।


संस्थाको बिधान अनुसार निर्वाचन समितिद्वारा गरिएको निर्वाचनमा एकजना सभापति पदमा एकजना जीवनकुमार श्रेष्ठको उम्मेदवार परेकाले निर्विरोध र ७ जना सदस्यको पदमा ११ जनाले सदस्य पदमा मनोनयन दर्ता गराए तापनि ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भई सर्वसम्मत अजय साहेवाला,तिर्थराज ढकाल,खिलानाथ पाण्डे,आरोग्य तिम्सिना,रुद्र बजगाई, उत्तम खनाल र उषा राजवंशी निर्वाचित हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here