काठमाडौं । जेन—जी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
शनिवार माईतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन—जी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन् । शनिवार अपरान्ह उनीहरुले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकतावद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेन—जी प्रतिनिधि मञ्जना राईले बताउनु भयो । उहाँले जेनजीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गर्नुभयो ।
जेन—जी प्रतिनिधिहरुले सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी समेत दिएका छन् । भोजपुरका जेन—जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गर्नुभयो ।
जेन—जी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो । उहाँले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताउनु भयो ।






