अनुमतिबिना प्रदर्शन गर्न खोज्दा माइतीघरबाट ५० जना नियन्त्रणमा


९ कार्तिक २०८२, शनिबार १३:१९ मा प्रकाशित

काठमाडौं : स्थानीय प्रशासनको अनुमतिबिना काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले ‘जेनजी युनाइटेड’ नामक समूहका ५० जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शनिबार बिहान प्रदर्शनका लागि भेला भएका उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा २६ पुरुष र २४ महिला रहेका छन्।

प्रहरीले अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य समूहसँग सम्भावित झडपको जोखिम देखिएकाले प्रदर्शनकारीको सुरक्षाकै लागि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जनाएको छ।

यता, ‘जेनजी युनाइटेड’का अगुवा मदन कार्कीले आफूहरूले शान्तिपूर्ण प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागे पनि नदिइएको बताए। उनले प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु अलोकतान्त्रिक भएको टिप्पणी गरे।

‘हामी जेनजीहरू एकजुट हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिन शान्तिपूर्ण रूपमा भेला हुन खोजेका थियौँ, तर हामीलाई रोकियो,’ कार्कीले भने, ‘प्रशासनले अनुमति नदिई उल्टै पक्राउ गर्नु गलत हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here