नेवार समुदायमा गरियो म्हः पूजा


६ कार्तिक २०८२, बुधबार १७:५८ मा प्रकाशित


काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हः (आत्म) पूजा मनाइएको छ ।


प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन् । यसदिन कसैले दिउँसो र कसैले बेलुकी म्हः पूजा गर्ने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको नेवा समूदायका अगुवा राकेश अवालेले बताउनु भयो ।

आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको कारण नेवा समूदायले म्हः पूजा गर्ने गरेको उहाँको भनाइ छ । आत्मजीवनको सुख र शान्तीको कामना गर्दै यो पर्व मनाउँदै आइएको उहाँको भनाइ छ । 

नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्हः पूजा मनाउने गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here