पश्चिमी भारतको राजस्थान राज्यमा एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजस्थानको राजधानी जयपुरबाट लगभग ५ सय ४८ किलोमिटर पश्चिममा रहेको जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएको थियो ।
अधिकारीहरूले ५७ जना यात्रु बोकेको बस राजमार्गमा रहेको बेला पछाडिको भागबाट धुवाँ निस्कन थालेको बताएका छन् । चालकले बस रोके तर केही समयमै बस आगोले जल्यो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । यद्यपि प्रहरीले गाडी भित्र सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






